×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योन्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४८१ प्रतिशतले वृद्धि हुँदा इपीएस कति ? (विवरणसहित)

PRIME CA

एभरेष्ट इन्स्योन्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४८१ प्रतिशतले वृद्धि हुँदा इपीएस कति ? (विवरणसहित)

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक आकर्षक रहेको छ । कम्पनीको खुद नाफा ४८१ प्रतिशतले बढेर १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले चार करोड एक लाख १० हजार रुपैयाँ मात्र कमाएको थियो।  
यस्तै, कम्पनीले कूल ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । प्रकाशित विवरण अनुसार कम्पनीले पुर्नबीमा कमिशनबाट ११ करोड ६० लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ९ करोड २४ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सो कम्पनीले लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीले  कूल ७९ हजार ५०२ बीमालेख जारी गरी ९० करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ४९ करोड १ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ९९ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैंया ६२ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: