- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार झिनो अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ २२ पैसा रहेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको थियो । युरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्