- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८० पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ४० पैसा रहेको छ । बिहिबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको थियो । युरो एकको खरिददर १३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्