- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ १९ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०४ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५७ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्