- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ९५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ हजार ४ सयले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ८ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।