- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।