- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ७ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।