- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३२ रुपैयाँ कायम गरेको छ ।