Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, पुष्टी हुने कर्मचारी २७ बर्षीया महिला !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बैंक अफ काठमाण्डूमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार पोखरामा कार्यरत बैंककि एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो। पोखरा महानगरका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यका अनुसार पोखरा ३० मा संक्रमण पुष्टि भएकी २७ वर्षीया महिला बैंक अफ काठमाण्डौको खैरेनीटार शाखामा कार्यरत कर्मचारी हुन्। 
संक्रमित भेटिएपछी बैंकको उक्त शाखा सिल गरिएको छ । हाल उनलाई आइसोलेसनमा राखिएको छ भने अन्य कर्मचारीहरुलाई क्वारेन्टाइन पठाइएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि गण्डकी प्रदेशमा सिद्धार्थ बैंकमा कार्यरत कर्मचारी र प्रभु बैंकमा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भइसकेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK