- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। ग्लाेबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १४.३० प्रतिशतले धेरै हाे । अघिल्लो आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको हुनाले खुद नाफा वृद्धिमा पनि टेवा पुगेको हो । असर मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ८३.५० प्रतिशतले बढेर २६ करोड २६ लाख ९६ हजार रूपैयाँ पुगेको हो। अघिल्लो वर्ष संस्थाले १४ करोड ३१ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा १० करोड २६ लाख ४१ हजार रुपैयाँबाट बढेर १२ करोड ३७ लाख ११ हजार रुपैयाँ पुर्याएको छ।
यो चौथौ त्रैमाससम्ममा संस्थाकाे चुक्ता पूँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ, जगेडा कोषमा १६ करोड २० लाख ७४ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५४ पैसा रहेकाे विवरणमा उल्लेख छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्