Skip to content
LAXMI SUNRISE BANK

ग्लाेबल आइएमई लघुवित्तले १७.५०% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लाेबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीको डिम्याट खातामा १७.५० प्रतिशत बोनस सेयर पठाउन थालेको छ । संस्थाले कार्तिक २५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे डिम्याट खातामा बोनस सेयर पठाएको हो । संस्थाले हालसम्म पनि अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।
संस्थाको गत मंसिर ९ गते सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले १७.५० प्रतिशत बाेनस शेयर पारित गरेकाे थियो । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । संस्थाकाे शेयर रजिष्ट्रारमा ग्लाेबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK