- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।