- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।