Skip to content
LAXMI SUNRISE BANK

हिजो घटेको सुन र चाँदीको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला  ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ९ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३२ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK