- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।