- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । योसंगै देशभर सुनको कारोबार ठप्प रहेको छ। सुनको मूल्य अझै बढ्नसक्ने जानकारहरुको भनाई छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) प्रति १० ग्राम सुनको मूल्य ८७ हजार ९ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार २ सय ९ पैसा कायम गरेको छ ।