×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ !

काठमाडौँ । चीनले हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुनलाई देखाएर प्रजातन्त्र समर्थित र स्वतन्त्रता पक्षधरहरुलाई गिरफ्तार गर्ने क्रम बढिरहेको छ । पछिल्लो समय हङकङ प्रहरीले प्रजातन्त्र समर्थित चार युवाहरुलाई नियन्त्रणमा लिएको छ । प्रो-इन्डिपेन्डेन्स समूहका सदस्य रहेका १६ देखि २१ वर्षका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारविरुद्ध स्वतन्त्रताको अभियान सञ्‍चालन गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । 
यसअघि प्रजातन्त्र सर्मथक १२ उमेदवारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । राष्ट्रिय सुरक्षा कानुन विभागका वरिष्ठ प्रहरी उपरीक्षक स्टेभे लि क्वाइ(वाहले उक्त समूहले स्वतन्त्रतालाई प्रबर्द्धन गर्ने योजना अनुसार समूह गठन गरेको र हङकङलाई स्वतन्त्रत बनाउने गरी संगठन विस्तार गर्न लागेकोले नियन्त्रणमा लिएको बताएका छन् । 
चीन सरकराले जुन ३० मा राष्ट्रिय सुरक्षा कानुन घोषणा गरेको केही घण्टामै हङकङमा स्वतन्त्रता र प्रजातन्त्र पक्षधरहरुले उक्त कानुन मान्य नहुने भन्दै प्रदर्शन गरेका थिए । उक्त कानुन लागु भएसँग स्वतन्त्रता पक्षधर र प्रजातन्त्र समर्थित समूहमाथि प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ मा प्रजातन्त्रका लागि बृहत आन्दोलन भएपछि १९९७ अघि बेलायतको उपनिवेश रहेको हङकङमा चीनले नयाँ सुरक्षा कानुन ल्याएको हो । 
उक्त कानुन अनुसार राष्ट्रद्रोह, पृथकतावाद, आतंकवाद र विदेशी हस्तक्षेपविरुद्ध काम गर्नेलाई जेल सजाय हुने व्यवस्था गरिएको छ । यस कानुनको विश्वसमुदायबाट चर्को विरोध र आलोचना भइरहेको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: