×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी २० रुपैयाँ ७९ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

PRIME CA

इन्फिनिटी लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी २० रुपैयाँ ७९ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक बढेको छ । संस्थाले यो चौथौ त्रैमाससम्ममा खुद नाफा २६.४१ प्रतिशतले वृद्धि गरेर ४ करोड ७४ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।अघिल्लो वर्ष संस्थाले ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले खुद ब्याज आम्दानी पनि ६८ ले बढाएर १५ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले ९ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन नाफा पनि ५ करोड ९४ लाख रुपैयाँबाट बढेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । 
यो चौथौ त्रैमाससम्ममा संस्थाले ६१ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थामा जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ संचित रहेको छ। 
यता, संस्थाको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.१६% पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ७९ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: