
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको जोरबिजोर प्रणालीको पालना भएको छैन । संक्रमितको संख्या बढेसँगै बजारमा हुने अत्याधिक चाप नियन्त्रणका लागि जिल्लाभरी सवारी सञ्चालनमा लगाईएको जोरबिजोर प्रणालीको प्रभावकारी पालना भएको भने देखिदैन ।
बिहिबारदेखि जारी गरिएको जोरबिजोर प्रणालीको पालनाको अवस्था भने धनगढी शुन्य रहेको छ । जोरबिजोर प्रणाली आफैमा दुविधायुक्त भएकोले पनि कार्यान्वयनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रहरी निरिक्षक सरोज ठकुराठीले बताउनुभयो । ‘पहिलो दिन हामीले जोरबिजोर प्रणालीका बारेमा सम्झाई बुझाई पठाएको थियौँ’, उहाँले भन्नुभयो, ‘अव यो नियमको पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’
लकडाउन मात्रै समस्याको समाधान होईन भन्ने हेतुका साथ सवारी चाप कम गर्न र भिडभाड नियन्त्रण गर्न कैलाली जिल्लामा जारी गरिएको जोरबिजोर प्रणाली भने कार्यान्वयन भएको छैन । यद्यपी प्रहरीले विभिन्न ठाउँहरुमा पम्प्लेट टाँसेर वा विभिन्न माध्यमबाट जोरबिजोर प्रणालीका बारेमा सचेत भने गराउँदै आएको छ । धनगढीमा जोरबिजोर प्रणाली लागु भएपनि अवस्था भने जस्ताको त्यस्तै ! हेर्नुहोस फोटो फिचरमा…










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्