×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा जोरबिजोर प्रणालीमा कडाई, १३ तस्विरमा हेर्नुहोस् यसरी बढ्यो प्रहरीको सक्रियता ! (फोटो-कथा)

PRIME CA

धनगढीमा जोरबिजोर प्रणालीमा कडाई, १३ तस्विरमा हेर्नुहोस् यसरी बढ्यो प्रहरीको सक्रियता ! (फोटो-कथा)

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । धनगढीमा यतिबेला जोरबिजोर प्रणालीमा कडाई गरिएको छ । कारोना भाइरसको जोखिम बढेसँगै कैलालीमा यातायात सञ्चालनका लागि जोरबिजोर प्रणाली लागु गरिएको भएपनि व्यवस्थित भने भएको थिएन । तर पछिल्लो केही दिनयता भने प्रहरीले कडाई गर्न थालेको छ । 

नियम लागु गरेको केहि दिन प्रहरी प्रशासन जोरबिजोर प्रणालीको बारेमा जनचेतना फैलाउन र सर्वसाधरणलाई सम्झाउनमा व्यस्त बनेको थियो । बीचमा धनगढी बजारमा निमयको उल्लंघन गर्दै अनियन्त्रित र अव्यवस्थित तबरबाट भिडभाड हुन थालेपछि प्रशासनले कडाई गर्न सुरु गरेको छ । धनगढीका विभिन्न ठाउँहरुमा चेकिङ्ग गर्दै जोरबिजोर प्रणालीमा कडाई गरेको देखिएको छ । सुरुमा नियम पालना नगर्नेलाई सम्झाउने गरिएको छ भने पुनः उक्त गल्ति दोहोराएमा कानुन अनुसारको कारबाही समेत गरिदै आएको छ । 

प्रशासनको उक्त सक्रियताका कारणले बजारमा अस्वभाविक भिडभाड कम हुने विश्वास गरिएको छ । तर पनि उक्त सक्रियता अझै न्युन भएको बताउँदै अझै कडाई को आवश्यक रहेको स्थानियले बताएका छन् । प्रशासनको निगरानि र कडाई दैनिक रुपमा यसरी नै हुने हो भने केहि हदसम्म भएपनि जोखिम कम हुने तर्क सवारी चालकहरुले नै राखेका छन् । तर पछिल्लो केहि दिनयता प्रशासनले पनि चेकजाँच र कारबाहीमा कडाई गरेको छ । बाँकी फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: