
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थ केयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरेका हुन् ।
काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन् । बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिन सक्नेछन् ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्