- अर्थ सरोकार सम्बाददाता
धनगढी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको निषेधाज्ञा भदौ १९ गते थप हुने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक आदेश जारी गर्दै उक्त निर्णय गर्नुभएको हो ।
शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिस गरेको थियो । सोहिका आधारमा ४ गतेदेखी जारी गरिएको निषेधाज्ञा आउँदो १९ गतेसम्म जारी राख्ने निर्णय गरेको प्रजिअ यज्ञराज बोहोराले बताउनुभयो ।
संक्रमणको जोखिम न्यूनीकरणका लागि भदौँ ४ गते मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा लागु भएको थियो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।