- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २३ करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा गत वर्ष सामान्य घटेको छ । बैंकको वितरण योग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ७६ करोड १ लाख रुपैयाँ बढेर ३ अर्ब ६३ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा १ करोड २५ लाख रुपैयाँ घटेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाँमा झरेको छ।
यो असारमसान्तसम्ममा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४१ प्रतिशत पुगेको छ। खराव कर्जा ०.९७ प्रतिशतबाट बढेको हो। यस अवधिमा बैंकको आधार दर १०.०८ प्रतिशत, स्प्रेड दर ४.०७ प्रतिशत र कोषको लागत ६.७७ प्रतिशत रहेको छ । त्यस्तै सिसिडि रेशियो ७५.८५ प्रतिशत छ भने पूँजीकोष अनुपात १४.४२ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्