- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंकको छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा सञ्चालन गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका-वडा न. ३, जाफेमा स्थापना गरेको छ भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका-वडा न. ८, सुनखानीमा रहेको छ ।
यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।