×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आफैले गरेको निर्णयमा आफै चुक्यो प्रशासन, ११ तस्विरमा हेर्नुहोस् आईतबार धनगढीमा जे देखियो…! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कैलालीमा लगाइएको निषेधाज्ञा दिनप्रतिदिन फितलो बन्दै गएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत भदौ ४ गतेदेखी जिल्लाभरी जारी गरिएको निषेधाज्ञा केहि दिन यता फितलो बन्दै गएको हो । 

निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बाहिर हिँडडुल गर्न नपाउने भनिएको भएतापनि काम बाहेक पनि बजारमा सर्व साधरण निस्किने गरेको देखिन्छन् । आईतबार बैंक तथा वित्तिय संस्था खुलेसँगै धनगढीमा चहलपहल पनि त्यत्तिकै मात्राको बढेको छ । अन्य समयमा पनि अधिकांश व्यक्तिहरु विभिन्न बाहानामा बजार डुल्ने गरेको भेटिन्छन् । 

यता दैनिक रुपमा संक्रमणको दर बढ्दै गईरहेका बेला प्रशासनको सक्रियता र नागरिक स्तरको सतर्कता भने अत्यन्तै न्युन देखिएको छ । यद्यपी कैलालीमा लगाइएको निषेधाज्ञा थप गरि भदौ १९ गतेसम्म पुर्याइएको छ । सुरुवाती दिनमा प्रशासनको कडाई र चेकजाँच दुरुस्त हुनेगरेको भएतापनि केहि दिनयता भने केही कमी देखिएको हो । बाँकी फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: