×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् ।
सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।
बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी