×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा: कोरोना संक्रमण पुष्टी भएपछि ग्लोबल आइएमई बैंकको बेँसीशहर शाखा सिल, देशभर कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले कृषिमा आकर्षण बढ्दैदेखि झरीले बिगार्यो भोजपुरका कच्ची सडकसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लमजुङ बेँसीशहर नगरपालिका– ७ मा रहेको ग्लोबल आइएमई बैंक बेँसीशहर शाखा । यस बैंकमा कार्यरत ३२ वर्षीय पुरुष एक कर्मचारीमा बुधबार बिहान कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले सिल गरेको छ । 
खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गर्न स्थानीयवासी र तीनवटै तहका सरकार लागि परेका छन् । 
भीमदत्त राजमार्गको सडक किनारामा अस्थायी रुपमा टेन्ट लगाएर बस्दै आएका कैलालीको चुरे गाउँपालिका–५ का पहिरापीडित । टेन्ट राखेर बसेको दुई हप्ता बितिसक्दा पनि उनीहरु घर फर्कन सकेका छैनन् ।
ट्राफिक प्रहरीले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्नका लागि सिंहदरबार भद्रकाली सडकमा राखिएको जनसचेतनामूलक बोर्ड । 
विसं २०७२ को भूूकम्पबाट क्षतिग्रत धरहरा पुुनःनिर्माण गर्दै । ‘कोभिड १९’ सङ्क्रमण न्यूनीकरण गर्न काठमाडौँका जिल्ला प्रशासनले गरेको निषेधाज्ञामा पनि धरहरा पुनःनिर्माण काम जारी छ । 
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गत साउन ३० गतेको भीषण पहिराका कारण जुगल– २ लिदीबाट विस्थापित भएकाका लागि अस्थायी स्थानान्तरण सुरु गर्न लागिएको बाँसखर्क पुगेर त्यहाँको अवस्था जानकारी लिनुहुँदै । बाँसखर्क पुगेका सभामुख सापकोटालाई स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरण पनि गर्नुभयो ।
दिक्तेल बजारस्थित रत्नपार्कको किराँत चोकमा सडक ढलानका लागि फलामे डण्डी बिच्छ्याउन लैजाँदै कामदार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक तीन भागमा विभाजन गरेर ढलान भइरहेको छ । 
कपिलवस्तुका इँट्टा उद्योगमा कार्यरत मजदुरलाई दलित मानव अधिकार निगरानी समितिले राहत वितरण गर्दै । कोरोना भाइरसका कारण समस्यामा रहेका ९८ जना मजदुरलाई दाल, चामल, तेललगायत अतिआवश्यक खाद्यान्न सामग्री वितरण गरिएको छ । 
प्रशिक्षार्थीलाई बेमौसमी तरकारीको नर्सरी राख्न सिकाउँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । यहाँ तीन महिना कृषि तालिम सिक्न विभिन्न विद्यालयबाट कृषि बाली विज्ञानका विद्यार्थी आएका छन् । 
डोटीमा पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि बजारमा गाडी जाँच तथा अनावश्यक हिँड्डुल नगर्न आग्रह गर्दै दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नं. गणका प्रहरी । 
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री हस्तान्तरण गर्दै सभामुख अग्निप्रसाद सापकोटा । जुगल गाउँपालिकाको लिदी, बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट विस्थापित भएकाका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र व्यास नगरपालिका–१० परेवाडाँडा जोड्न मादीनदी माथि झोलुङ्गे पुल निर्माण गरिँदै । झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई वारपार गर्न सहज हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: