×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २१.१० अंकले नेप्से परिसूचक बढ्दा साढे २ अर्वमाथिको कारोबार, व्यापार र लाइफ इन्स्योरेन्सबाहेक सबैले कमाए

PRIME CA

बुधबार २१.१० अंकले नेप्से परिसूचक बढ्दा साढे २ अर्वमाथिको कारोबार, व्यापार र लाइफ इन्स्योरेन्सबाहेक सबैले कमाए

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार २१.१० अंकले बढेर १४६२.०३ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ६५ करोड ६१ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ३४ करोड ९२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबारको कारोबारमा व्यापार र लाइफ इन्स्योरेन्स उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स र नेपाल पुनर्बिमा कम्पनीलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै समृद्धि फाइनान्स र मन्जुश्री फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: