×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको चौथौ त्रैमास: खुद नाफासंगै घट्यो इपिएस, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित )

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकको चौथौ त्रैमास: खुद नाफासंगै घट्यो इपिएस, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित )

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १५.८६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ। 
यस्तै, बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशतले घटेर ७ अर्ब २ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ९३ करोड ३० लाख रुपैयाँ घटेर ५ अर्ब ९ करोड रुपैयाँमा झरेको छ।
असार मसान्तसम्ममा बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ६६ करोड १६ लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहे विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष बैंकको जगेडा कोषमा १० अर्ब ४४ करोड र शेयरधनी कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ थियो।
यता, बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसाले घटेर ३७ रुपैयाँ २४ पैसामा झरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको आधार दर ८.०९ प्रतिशत बाट ७.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७३ प्रतिशत, निष्क्रिय कर्जा ०.९७ प्रतिशत रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: