×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३०.५१ प्रतिशतले वृद्धि (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेको इन्स्योरेन्सद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३०.५१ प्रतिशतले वृद्धि (विवरणसहित)

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं। नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बढेको छ । यो असारमसान्तसम्ममा कम्पनीको खुद नाफा ३०.५१ प्रतिशतले बढेर ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधीमा कम्पनीले ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियाे ।
यस्तै, कम्पनीले १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । यो रकम अघिल्लो वर्षको तुलनामा १०.९१ प्रतिशतले थाेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब १४ करोड ५१ लाख ९२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीकाे बिमा कोषको आकार पनि ३६.९२ प्रतिशतले बढेर ८३ करोड १६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यहि अवधीमा कम्पनीको बिमा कोषमा ६० करोड ७४ लाख २८ हजार रुपैयाँ रहेको थियो । 
१ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५२ करोड ४४ लाख २ हजार रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा रहेको विवरणमा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी