Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकले २० लाख कित्ता ऋणपत्रले कति पायो रेटिङ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ । बैंकले ऋणपत्र जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ दिएको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। बैंकले १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरमा तथा ८० करोड बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।
बैंकले ऋणपत्र जारी गर्न रेटिङ्ग गराएपनि हालसम्म नेपाल धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपश्चात मात्र बैंकको ऋणपत्र निष्काशनको प्रक्रिया अगाडि बढ्ने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK