×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको समाचारपछी तात्यो बैंकर्स संघ, फेसबुकबाट पैसा माग्दा सचेत हुन आग्रह ! (सूचनासहित)

PRIME CA

अर्थ सरोकारको समाचारपछी तात्यो बैंकर्स संघ, फेसबुकबाट पैसा माग्दा सचेत हुन आग्रह ! (सूचनासहित)

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नक्कली फेसबुक अकाउन्ट बनाई रकम माग्ने गिरोह सक्रिय भएकोबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछी नेपाल बैंकर्स संघले ध्यानाकर्षण भएको जनाएको छ । केहि समयअघि धनगढीमा एक बैंकका कर्मचारीको फेसबुक ह्याक गरी अर्का बैंकका कर्मचारीसँग रकम मागी ठगेको घटना अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । 
सोही घटनाबारे अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अब उप्रान्त कुनै बैंकका कर्मचारी ठगीमा नपरुन भन्दै बैंकर्स संघले एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतका अकाउन्ट ह्याक गरेर पैसा माग्ने क्रम बढेको छ । जसमा बैंककै कर्मचारीहरु यसको शिकार बनिरहेका छन् । 
‘पछिल्लो केही समयमा सामाजिक सञ्‍जालको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरु भइरहेको छ’ संघको सूचनामा उल्लेख छ । यस्तै ‘कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन गाह्रो हुने भएकोले सम्बन्धित व्यक्ति/कम्पनीसंग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्नुहुन र यस विषयमा थप सचेत रहनुहुन अनुरोध छ ।’ संघले भनेको छ ।
साथै, आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइलरइन्टरनेट बैंकिङ्ग सम्बन्धी विवरणहरु समेत कसैसँग सेयर नगर्न संघले अनुरोध गरेको छ ।
यस्तो छ संघले जारी गरेको सूचना :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: