×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको निर्देशन- ‘कर्मचारीको पीसीआर परीक्षण र उपचार खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्नू…´

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकको निर्देशन- ‘कर्मचारीको पीसीआर परीक्षण र उपचार खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्नू…´

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेको हुँदा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङ सेवा सूचारु गर्न राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गरेको हो। 
कोरोना संक्रमित कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरुलाई आइसोइलेसनको व्यवस्था गर्ने, संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्नु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । 
बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी काम गराउने र बाँकी कर्मचारीलाई वर्क फ्रम होम नीति अवलम्बन गरी पूरा तलब दिनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । , 
कार्यालयबाटै सेवा दिने कर्मचारी र सेवाग्राहीको न्यूनतम स्वास्थ्य सुरक्षा उपाय बैंकले अपनाउनु पर्ने र सोमा आवश्यक सामग्रीहरु बैंकले अनिवार्यरुपमा राख्न राष्ट्र बैंकको निर्देशन छ । जारी निर्देशनमा उल्लेख गरिएका व्यवस्थाहरु बैंक तथा वित्तीय संस्थाले साउन ३० गतेभित्रै पालना गरी सोको रिपोर्टिङ राष्ट्र बैंकमा गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: