×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो दशैंमा नयाँ नोट साट्न नपाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यो दशैंमा नयाँ नोट साट्न नपाइने

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यसपालीको दशैँमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं यस वर्षको दशैँमा नयाँ नोट निष्काशन नगर्ने भएको हो ।
राष्ट्र बैंकले हरेक वर्ष प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो । तर यसपाली भने बढ्दो कोरोना भाइसरको संक्रमणका कारण भिडभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पालना गर्दै दशैँ लक्षित नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक स्रोतले बताए ।
प्राप्त भएको जानकारी अनुसार राष्ट्र बैंकले पहिले जस्तो समय तोकेर वा बैंक निर्धारण गरेर यो दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । यस सम्बन्धी थप  छलफल भइरहेको छ भने असोजको पहिलो सातासम्म यस सम्बन्धी सूचना जारी हुन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: