×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकले ल्यायो नयाँ सुविधा, अव ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ मार्फत आवेदन दिन सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एशिया बैंकले ल्यायो नयाँ सुविधा, अव ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ मार्फत आवेदन दिन सक्ने

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकबाट ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाकाे निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा याेजना ल्याएकाे छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलाे बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता छन् ।
‘खल्ती’ डिजिटल वालेटका प्रयाेगकर्ताले वालेटमा रहेकाे एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएकाे कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
‘खल्ती’ले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहककाे आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने छ । खल्तीसँगकाे सहकार्यले अब ऋण चाहिने ग्राहले बैंकका शाखा कार्यालयहरूमा धाउनु पर्ने अबस्थाकाे अन्त्य भएकाे एनआइसी एशिया बैंकले जनाएकाे छ । ग्राहकले खल्ती मार्फत ऋणकाे लागि आवेदन गरेपछि बैंकले आफैं थप प्रकृयाका लागि ग्राहकसँग सम्पर्क गर्ने छ ।यसले गर्दा बैंककाे पहुँच विस्तार भएकाे र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जानकारी दिएकाे छ ।
‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: