×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तको भएन प्रगति, खुद नाफा ६१.५४ प्रतिशतले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

PRIME CA

निर्धन उत्थान लघुवित्तको भएन प्रगति, खुद नाफा ६१.५४ प्रतिशतले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ६१.५४ प्रतिशतले कम हो। अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ५.४४% ले घटेर १ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । यता, समीक्षा अवधिमा संस्थाको सञ्चालन नाफा १ अर्ब १४ करोड रुपैयाँबाट घटेर ४४ करोड ७१ लाख रुपैयाँमा झरेको छ । 
यो चौथौ त्रैमाससम्मा संस्थाले १३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ८५ करोड संचित  रहेको प्रकाशित विवरणमा उल्लेख छ ।
यता,  यसको खराब कर्जा अनुपात पनि १.१७% बाट बढेर १.८३% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९६ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ३५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: