×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामी खुल्ला, यी ठाउँबाट फारम भर्न सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामी खुल्ला, यी ठाउँबाट फारम भर्न सकिने

Artha Sarokar

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार ७८ कित्ता सेयर आजबाट लिलामी खुल्ला भएको छ । कम्पनीको सेयर लिलामीमा संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३.२५ कित्ता सेयर रहेको छ । यस सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोलमा सहभागी हुनुपर्नेछ । । कम्पनीको उक्त सेयर लिलामीमा साउन २९ गतेसम्म आवेदन दिन सक्नेछ । 
यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं र एनएलजी इन्स्योरेन्सको केन्द्रीय कार्यालय लाजीम्पाट काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, बिराटनगर, नारायणगढ, हेटौंडा, बुटवल, पोखरा, वीरगञ्ज, बाग्लुङ, दाङ (घोराही), सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ । 
हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६०५ हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी