×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने, कर्पोरेट कार्यालय काठमाडौँमा खोल्ने, भदौ २० गते विशेष साधारणसभा !

PRIME CA

एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने, कर्पोरेट कार्यालय काठमाडौँमा खोल्ने, भदौ २० गते विशेष साधारणसभा !

५ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । एनआरएन लघुवित्त वित्तीय संस्थाले एफपीओ गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशनको प्रस्ताव राखेर आगामी भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभाबाट कम्पनीले एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । साथै संस्थाले नाम र ठेगानासमेत परिवर्तन गर्नेछ भने कर्पोरेट कार्यालय काठमाडौँमा खोल्ने एजेन्डासमेत उक्त सभाबाट पारित गर्नेछ । लघुवित्तले उक्त सभाबाट संचालकहरुसमेत चयन गर्नेछ।  
एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो । यसअघि लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको संस्थाको ५२ करोड रुपैयाँ चुक्ता पूजी सहित १३० भन्दा बढि शाखा पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: