×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको खुद नाफा २३.३५ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट ! (वित्तीय विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकको खुद नाफा २३.३५ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट ! (वित्तीय विवरणसहित)

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंकको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय सार्वजनिक छ । सार्वजनिक विवरण अनुसार बैंकको अधिकांश सूचक घटेको छ । चौथौ त्रैमाससम्ममा बैंकले १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २३.३५ प्रतिशतले कम छ । अघिल्लो वर्षको अवधिमा बैंकले १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा पनि घटेको छ । बैंकको वितरण योग्य नाफा पनि ३७.५५% ले घटेर १ अर्ब ८ करोड २६ लाख १७ हजार रुपैयाँमा सिमित रहेको छ । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ७३ करोड ३८ लाख ९ हजार रुपैयाँ रहेको थियो । 
यो असारमसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.६३ प्रतिशतले बढेको छ भने र सञ्चालन नाफा ७.८४% ले घटेको छ। अघिल्लो वर्ष ४ अर्ब ३९ करोड ८० लाख ९८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर ४ अर्ब ६४ करोड ५८ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा १७ करोड ८० लाख रुपैयाँले घटेर २ अर्ब ९ करोड २६ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानी पनि घटेको छ । बैंकको प्रति सेयर आम्दानी ७ रुपैयाँ १ पैसाले घटेर १३ रुपैयाँ ९३ पैसामा झरेको छ । अघिल्लो वर्ष बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा रहेको विवरणमा उल्लेख छ । बैंकको निक्षेप संकलन १४.३२ प्रतिशत र कर्जा प्रवाह १५.३६ प्रतिशतले बढेको छ। यता, खराब कर्जा अनुपात २.८१ प्रतिशत रहेको छ भने बेस रेट ८.३२ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: