
काठमाडौँ। राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगंज स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ। पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिँसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदुतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको हो। पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिँसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ।
संयोजक यादवले भने, ‘पाकिस्तानले आज आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाई रहेको छ। यसै अवसरमा हामीले उक्त देशमा रहेका हिन्दु,, बौद्ध र क्रिष्टियनहरुमाथि मुसलमानहरुले हिँसा गरिरहेका छन्। मन्दिरहरु तोडफोड गरिरहेका छन्। छोरीचेलीहरुमाथि बलात्कार र हत्या गरिरहेका छन्। बलजफ्ति बिबाह गर्ने र धर्म परिवर्तन गराउने काम गरिरहेका छन्। तर, पाकिस्तानी सरकार मौन छ। मानवता हराइरहेको बेलामा पनि सरकार मौन बसेको छ।’
उनले अगाडि भने, ‘करिब ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दुहरु थिए। आज एक प्रतिशत पनि हिन्दु धर्मावलम्विहरु छैनन्। यति धेरै हिन्दु धर्ममान्ने मान्छेहरु कहाँ गए? विश्वलाई थाह छ कि पाकिस्तानमा बहुसंख्यक रुपमा रहेका मुसलमानहरुले अन्य धर्म मान्ने मान्छेलाई देख्नै सक्दैनन्। कुट्ने, पिट्ने, मार्ने, बलात्कार गर्ने जस्ता अपराधिक कामहरु गर्छन्। यस्ता अपराधहरुलाई रोक्नका लागि हामीले नेपालस्थित पाकिस्तानको दुतावास अगाडि प्रर्दशन गरेका हौं।’
उनले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धरपटक गरेको समेत जानकारी दिएका छन्। पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको छ। त्यस्तै भारतले शनिबार अगष्ट १५ तारेकमा आफ्नो ७४औं स्वतन्त्रता दिव मनाउने तयारी गरिरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्