×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएटीएफको कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एफएटीएफको कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पाकिस्तानले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को कालोसूचीबाट जोगिनका लागि ८८ आतंकवादीमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तान अहिले ग्रे लिस्टमा रहेको छ । दइस अलकाइदा र तालिवानलगायतका ८८ आतंकवादी समूहमाथि आइतबार प्रतिबन्ध लगाएको छ । सरकारले पाकिस्तानमा रहेका आतंककारीहरूको बैंक खाता र सम्पत्तिहरू पनि कब्जा गरेको छ । उनीहरुलाई जहाजमा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको आर्य न्यूजले जनाएको छ । ८८ आतंकवादीहरुलाई केही दिन अघि संयुक्त राष्ट्र संघले जारी गरेको आतंकवादीको सूचीमा राखिएको थियो ।
एक विज्ञप्तिमा विदेश मन्त्रालयले भनेको छ, “पाकिस्तानले यी संयुक्त राष्ट्र संघीय प्रासंगिक प्रस्तावहरूको पालनामा प्रतिबन्ध लगाएको हो र हामी आशा गर्दछौं कि अन्य देशहरूले पनि त्यसको पालना गर्नेछन् ।”  यसभन्दा पहिले प्रधानमन्त्री इमरान खानले राजनीतिक, आर्थिक स्थिति र एफएटीएफ कार्य योजनासम्बन्धी कानुनको प्रगति समीक्षा गर्न बैठकको अध्यक्षता गरेका थिए । 
पाकिस्तान जून २०१८ देखि खैरो सूचीमा छ र सरकारले फेब्रुअरीमा बाँकी कार्य बिन्दु जून २०२० सम्म सम्पन्‍न गर्न अन्तिम चेतावनी दिएको थियो । कोरोनाका कारण एफएटीएफको पूर्ण बैठकहरू अवरुद्ध भएका कारण समयावधि सेप्टेम्बरसम्ममा थप गरिएको छ । 
यस महिनाको सुरूमा पाकिस्तानले एफएटीएफको संयुक्त समूहलाई आफ्नो प्रारम्भिक मस्यौदा प्रतिवेदन बुझाएको थियो र आतंकवादी कोषसँग सम्बन्धित २७ कार्य बुँदामध्ये बाँकी १४ बुँदाहरुको देखाउँदै अक्टूबरमा सम्पन्‍न पूर्ण बैठकअघि सबै पूरा गर्ने जनाएको थियो । शीर्ष आधिकारिक स्रोतहरूले भने कि पाकिस्तानले सेप्टेम्बरको पहिलो हप्तामा समीक्षा समूहलाई प्रगति रिपोर्टको अद्यावधिक संस्करण बुझाउने छ । पहिलो ड्राफ्टलाई अगस्तमा पठाइएको थियो । -पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: