Skip to content
LAXMI SUNRISE BANK

अफगानिस्तानका पस्तुबासीहरुद्वारा पाकिस्तानविरुद्ध प्रदर्शन, यस्तो छ कारण !

अर्थ सरोकार

काठमाडौँ । अफगानिस्तानमा रहेका हजारौं पस्तुबासीहरुले पाकिस्तानविरुद्ध प्रदर्शन गर्नै पाकिस्तानी गतिविधिको निन्दा गरेका छन् ।अफगानिस्तानको कान्दाहार र हेल्मन्द प्रान्तमा निर्दोष सर्वसाधारणलाई मारेको भन्दै पाकिस्तानो निन्दा गरेका हुन् । गत साता बोल्दक सीमाको चामानमा निर्दोष सर्वसाधारण मारिएका थिए । 
अफगानिस्तानमा पाकिस्तानविरुद्ध कडा आलोचना गर्नुका साथै पाकिस्तानी सेनाको निन्दा गरेका छन् ।उनहहरुले पाकिस्तानी सेनालाई पञ्‍जाबी तालिबानको संज्ञा दिएका छन् । सीमा खुला गर्न माग गर्दै दुबैतर्फ प्रदर्शन भइरहेका बेला पाकिस्तानी सेनाले गोली चलाउँदा सर्वसाधारण मारिएका थिए । पाकिस्तानले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सीमा बन्द गराएको थियो । 
इदका समयमा पाकिस्तानमा रहेका अफगानीहरु आफन्त भेट्न आउँदा उनीहरुलाई सीमामा नै रोक लगाएको थियो । सीमामा रोकिएपछि उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका पाकिस्तानी सेनाले गोली चलाएको थियो । अफगानिस्तानले पाकिस्तानलाई आतंकवादको प्रश्रय गरेको आरोप लगाएपछि अफगानिस्तान र पाकिस्तानको सम्बन्ध तनावपूर्ण बनेको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK