
काठमाडौँ । पाकिस्तान प्रशासित काश्मीरमा प्रदर्शनकारीले पाकिस्तानी झण्डा हटाएका छन् । काश्मीरका एक प्रदर्शनकारीले दाडियाल शहरमा पाकिस्तानी झण्डा हटाएपछि सुरक्षाकर्मीहरूले उनलाई मार्ने धम्की दिएका छन् ।
एक भिडियोमा, कार्यकर्ता र पत्रकार तनवीर अहमदले दावी गरे कि उनले त्यो क्षेत्रबाट एक पाकिस्तानी झण्डा हटाएपछि गोप्य एजेन्सीहरुले पछ्याउँदै मार्ने भम्की दिइएको छ । त्यसपछि उनले फेरि अर्को पाकिस्तानी झण्डासमेत हटाएका छन् । तनबीर केही दिनदेखि भोक हडतालमा थिए र प्रशासनलाई उक्त क्षेत्रबाट सबै पाकिस्तानी झण्डा हटाउन माग गरे । स्थानीय प्रशासनले त्यसो गर्न असफल भएपछि उनले आफैंले झण्डा हटाएका हुन् ।
पछि सुरक्षा एजेन्सीहरूले उनलाई बेवास्ता गर्दै धम्की दिएका स्रोतले जनाएको छ । पाकिस्तानले कब्जा गरेको काश्मिरका मानिसहरूले पाकिस्तानको अवैध कब्जाविरूद्ध विरोध गरिरहेका छन् र पाकिस्तानी सेना र अन्य अधिकारीहरुलाई क्षेत्र छोड्ने माग गरिरहेका छन् । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्