×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अल पार्टी पार्लियामेन्ट्री समूहद्वारा अहमदीमाथिको उत्पिडन रोक्न आग्रह !

काठमाडौँ । एसियाली मुलुक निर्णमाणमा कुनै समय महत्वपूर्ण भूमिका खेलेका अहमदीया मुस्लिम समुदायले अहिले मानवताविरुद्धको चरम उत्पिडन सामना गरिरहेका छन् । इमरान खान नेतृत्वको पाकिस्तानी सरकारका अधिकारीहरुले अहमदीया मुस्लिम समुदायमाथि कडा कदम चालेका छन् ।
अल पार्टी पार्लियामेन्ट्री समूहले तयार गरेको ‘विश्वास निसास्सियो, पाकिस्तानका अहमदी मुस्लिम समुदायमाथि उत्पीडन र अन्तर्राष्ट्रिय अतिवादको उदयु शीर्षकको प्रतिवेदनमा मुस्लिम बाहुल्य मुलुकमा नै मुस्लिम समुदाय उत्पीडनमा परेको निष्कर्ष निकालेको हो । यद्पि अहमदीमाथि आक्रमण गर्ने पाकिस्तान एक्लो मुलुक भने होइन । बंगलादेशदेखि स्कटल्यान्डसम्मका मुलुकहरुले अहमदी समुदायमाथि दमन र शोषण गरिरहेका छन् ।
सन् १९७० मा प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोले संविधान संशोधन गरेर मुस्लिम समुदाय कानुन र संविधानको उद्देश्यमा नभएको उल्लेख गरेपछि अहमदीविरोधी अभियानहरु चलाइरहेको छ । सबैभन्दा बढी पाकिस्तानमा अहमदी समुदायहरु उत्पीडनमा परेका छन् । उनीहरुका मस्जिदहरु भत्काउने र चिहानमा ट्याक्टर चलाउने, घर भत्काइदिने गरेका छन् । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: