×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कृषिमा आकर्षण बढ्दै, झरीले बिगार्यो भोजपुरका कच्ची सडक

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले कृषिमा आकर्षण बढ्दैदेखि झरीले बिगार्यो भोजपुरका कच्ची सडकसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिल्केनीका किसानले गरेको केराखेती । पछिल्लो समय किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित हुँदै गएका छन् । 
दाङको तुलसीपुर–६ स्थित लक्ष्मी पशुपालन फर्ममा पालिएका गाई । पछिल्लो समय युवा व्यावसायिक गाईपालनमा सक्रिय हुन थालेका छन् ।
भोजपुरका टेम्केमयैयुङ गाउँपालिका–९ को पाँचधारे डाँडा आसपास क्षेत्रमा बर्खाको समयमा झरीले बिगारेको कच्ची सडक । सडक बिग्रेपछि भोजपुरका अधिकांश ग्रामीण भेगमा चल्ने यातायात सेवा बन्द छ । 
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैध रुपमा डुङ्गामा राखेर भारततर्फ लैजाँदै गरेको १७५ बोरा सेतो केराउ नियन्त्रणमा लिँदै सुरक्षाकर्मी ।
कैलालीको टीकापुर–१ बनगाउँका सिताराम चौधरी एक विघा जमिनमा व्यावसायिक रुपमा सयपत्री फूलको बिरुवा रोप्दै । अहिले रोपेको फूलको बिरुवा तिहार पर्वमा बिक्री गर्न तयार हुन्छ ।
पोखरा–१७ स्थित फेवा विद्युत् गृह आसपासको सुन्दर झरना र खोलाको मनोरञ्जन लिन सर्वसाधारण विद्युत् गृह जाने सिँढी उक्लिदै ।
रामपुर नगरपालिकामा रहेको उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा गोलभेँडाको बिरुवा रोपिदै । यहाँ गत वर्ष लगाइएको गोलभेँडा खेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष पनि लगाइएको हो ।
रामपुर नगरपालिका– ६ का ८१ वर्षीय लोकनाथ खनाल केराका बिरुवा लगाउन खाल्डो खन्दै । खनालले पाँच रोपनी खेतमा केराखेती गर्नुभएको छ । 
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पातालमा उपचारार्थ प्यूठान फोप्लीका जीवन पुनका बुबा कर्णबहादुर र काका देवीराम पुन सहयोग रकम प्राप्तपछि खुसी भएर चेक देखाउँदै । आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यको समूहले जीवनको सम्पूर्ण उपचार खर्चको प्रबन्ध गर्ने भएको छ । गत साउन ३० गते बजार जाने क्रममा लम्पुकभीरमा एक्कासी ढुङ्गा खस्दा ढुङ्गाले जीवनको दुवै गोडा किचेर हड्डी भाँचिएको थियो ।
सिंहदरबारभित्र नयाँ निर्माणाधीन सङ्घीय संसद भवन । निर्माण कम्पनीका अनुसार निषेधाज्ञाले काममा अवरोध नभए पनि निर्माण सामग्रीको अभाव हुन थालेको बताउँछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: