
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा धनगढीमा कार्यरत दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएका २७ र ३६ बर्षीय दुवैजना जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेका थिए ।
संक्रमण पुष्टि भएका दुवैजनाको दर्जा भने खुलाइएको छैन । यद्यपि उनिहरु दुवैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यो सँगै कैलालीमा संक्रमित प्रहरीको संख्या सात पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्