- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कृषि पेसामा युवाहरुको आकर्षण बढ्दैदेखि देशभरमा के-के भइरहेको छ भन्ने दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिक शुक्रबार बिहान खसेको पहिरो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास भइरहेको छ ।

लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरवास (होमस्टे) । एकसय २५ घरधुरीमध्ये ३८ वटा घरवास रहेको यस गाउँमा विगतका वर्षहरुमा यस समयमा दैनिक सयौँ पर्यटकको भीडभाड हुने गरेता पनि कोरोनाको त्रासका कारण यस वर्ष पर्यटक नआउँदा घरवास सुनसान हुनका साथै आर्थिक आम्दानी रोकिँदा घरवास सञ्चालक चिन्तित बनेका छन् । त्यस्तै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै गत बुधबारदेखि यस स्थानलाई सिल गरिएको छ ।

गाउँ फर्किएर कृषि पेशा शुरु गर्नुभएका हलेसी तुवाचुङ नगरपालिका–७ माल्खुका सुवीन्द्र गिरी कुखुरालाई चारो हाल्दै । काठमाडौँस्थित चाबहिलमा टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले रु ३२ लाख लगानीमा दुग्धजन्य परिकार उत्पादन गर्न गाई फार्म तथा मासुका लागि स्थानीय जातका कुखुरा र टर्की पालन गर्नुभएको छ ।

पोखरा २४ बडहरेस्थित इन्द्रेणी अर्गानिक फार्म हाउसमा बिक्रीका लागि विभिन्न तरकारी बेर्ना उत्पादन गर्दै महिला उद्यमी एवं कृषक गोमा ढकाल । उहाँले दर्जनभन्दा बढी मौसमी तरकारीका बेर्ना उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका युवा कृषक शिवकुमार आलेले पालेको बाख्रा । आलेले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका–४ का कृष्णप्रसाद न्यौपानेको स्याउ बगैँचा । गत वर्षभन्दा यस वर्ष आफ्नो बगैँचामा ६० प्रतिशत कम स्याउ फलेको न्यौपानेले बताउनुभयो ।

दलित मानव अधिकार निगरानी समितिको समन्वय र विश्व शिक्षाको सहयोगमा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकाका मजदुर परिवारलाई राहत वितरण । लामो समयदेखि जारी लकडाउनका मारमा परेका कपिलवस्तुका इँटा उद्योगका ९८ मजदुरलाई राहत वितरण गरिएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–३ का बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । उक्त वडाका ६ घरपरिवारलाई क्षतिका आधारमा राहत वितरण गरिएको छ ।

पोखरा महानगरपालिका ६ जरेवर स्थित स्थानीयको मकै बारीमा सुगाको झुन्ड । पछिल्लो समय लेकसाइड, जरेवर आसपासमा आहाराका लागि सुगाको बथान बाक्लै देखिएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ गाईमारा डाँडामा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउँदै डिभिजन वन कार्यालय धनगढीका वन सुरक्षाकर्मी ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्