×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q4 Report : प्रिमियर इन्स्योरेन्सको खुद नाफा ४४.०७ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Q4 Report : प्रिमियर इन्स्योरेन्सको खुद नाफा ४४.०७ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ? (विवरणसहित)

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा  ४४.०७ प्रतिशत बढोत्तरी गरी ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले २४ करोड ५६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क भने घटेको छ । यो असार मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क १३.९०% ले घटेर ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस कम्पनीले ८० करोड ८० लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
यो चौथौ त्रैमाससम्म कम्पनीको बिमा कोषको आकार ३८.२४% ले बढेको छ। कम्पनीको बिमा कोषको आकार ६७ करोड २४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ४८ करोड ६४ लाख ४२ हजार रुपैयाँ थियो । 
यसअवधिमा कम्पनीले कुल ८९ करोड १० लाख ९८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रकम २ अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ छ । १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड ४७ लाख ८२ हजार रुपैयाँ रहेको छ।  कम्पनीको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६८ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: