Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १३.७८ प्रतिशत बढ्यो, खुद नाफा भने घट्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार कम्पनीले २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ कमाएको छ।  यो नाफा अघिल्लो वर्षको तुलनामा ४.६४ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 
यस्तै, कम्पनीले ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा खुद बिमा शुल्क आर्जन गरेको छ । प्रकाशित विवरण अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा १३.७८ प्रतिशतले धेरै हाे । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
यो चुथौ त्रैमाससम्ममा कम्पनीकाे जीवन बिमा कोषको आकार पनि २८.८९ प्रतिशतले बढेर ११ अर्ब ४७ करोड ६६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा ८ अर्ब ९० करोड ४१ लाख ४६ हजार रुपैयाँ रहेको थियो । 
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ५६ पैसा रहेकाे विवरणमा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK