×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आईपीओ भर्ने आज अन्तिम मौका

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आईपीओ भर्ने आज अन्तिम मौका

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आईपीओ भर्ने आज (भाद्र ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले  आज (भदौ ४ गते, बिहिबार)देखि बिक्री खुल्ला हुने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता आइपिओ बिक्रि खुल्ला गरेको हो । 

कम्पनीले जारी गरेको आइपिओमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित पश्चात बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । 
कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्वा सेवा अनिवार्य गरिएकाले आईपीओ खरीदका लागि आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ । 
उक्त आईपीओ खरीदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: